×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग 

Artha Sarokar

१२ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले रास्वपाका सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सरकार समक्ष माग गरेकी छिन् । 

सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले सहकारी ठगी प्रकरणमा पोखरा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेकी हुन् ।

उनले लामिछानेले प्रमाण नष्ट गर्ने तथा भाग्ने कुनै सम्भावना नरहेकाले थुना बाहिर राखेर अनुसन्धान गर्न सकिने बताएकी छिन् । सँगै सांसद कार्कीले पोखरामा रास्वापले सडक आन्दोलन गरेर न्यायपालिकालाई प्रभावित गर्न खोजियो भन्ने आरोप पनि गलत भएको प्रष्ट पारेकी छिन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी