काठमाडौँ । आज मंगलबारबाट सरकारी कार्यलय तथा बैंकहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले दैनिक सेवा समय एक घण्टा कम हुने भएको हो ।
यसैअनुसार मंगलबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलय तथा बैंकहरु अपरान्ह ४ बजे बन्द हुने छ ।
अन्य समयमा भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्नेछन् ।