काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १२ कम्पनी १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार गुडवील फाइनान्सको भएको छ । यस कम्पनीको २९ करोड २८ लाख ६१ हजार २ सय ६.८० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, मंगलबारको बजारमा गुराँस लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।