काठमाडौँ । राष्ट्रपति कार्यालयको गार्डेन सजाउन मात्रै २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ ।
राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै शीतल निवासको गार्डेन सजावटका लागि आह्वान गरिएको ठेक्कामा झण्डै २४ लाख रुपैयाँ बराबरको बोलपत्र हालेको पोखरा आउटसोर्सिङ प्रालिको बोलपत्र स्वीकृत गर्ने आशय प्रकट गरेको हो ।
पोखरा आउटसोर्सिङ प्रालिले शीतल निवासको गार्डेन सजावटका लागि २३ लाख ८२ हजार रुपैयाँ प्रस्ताव गरेको थियो । राष्ट्रपति कार्यालयले सोही कम्पनीलाई गार्डेन सजावटको ठेक्का दिने निर्णय गरेको छ ।
त्यस्तै, कार्यालयले सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनको जिम्मा पनि सोही कम्पनीलाई दिने भएको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ ।
बोलपत्रहरू बोलपत्र मूल्याङ्कन समितिबाट न्यूनतम मूल्याङ्कित र सारभूत रुपमा पूर्वाग्रही भएको भन्दै पोखरा आउटसोर्सिङको बोलपत्र स्वीकृत गर्न लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्