काठमाडौँ । ब्रिजवाटर एजुकेशन फाउण्डेशनले अभिनन्दन-स्वागत एवं बिदाई कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँको सिनामंगल स्थित ब्रिजवाटर एजुकेशन फाउण्डेशनले शुक्रबार राष्ट्रीय नाचघरमा अभिनन्दन-स्वागत एवं बिदाई कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा उक्त फाउण्डेशनले नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याउने तीन जना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गरेको छ । वार्षिक रुपमा गरिने सो अभिनन्दन समारोहको मुख्य अतिथि माननीय स्वास्थ्य एवं जनसंख्या मन्त्री प्रदिप पौडेल थिए । माननीय मन्त्रीले आफ्नो मन्तव्यमा ब्रिजवाटर एजुकेशन फाउण्डेशनले अभिनन्दनको उत्कृष्ट परम्परा कायम गर्दै अगाडि बढेकोमा ब्रिजवाटर एजुकेशन फाउण्डेशनका लागि प्रशंसा र शुभेच्छा प्रकट गरेका थिए।
त्यस्तै, अभिन्दित व्यक्तितवहरुमा शिक्षातर्फ: शिक्षाविद प्राध्यापक डा. मनप्रसाद वाग्ले, पत्रकारिता तर्फ वरिष्ठ टेलिभिजन पत्रकार एवं अन्तर्वार्ताकार दिलभुषण पाठक, बैंकिङ एवं वित्ततर्फ राष्ट्रीय वाणिज्य बैंकका मुख्य कार्यकारी अधिकृत सिए देवेन्द्र रमण खनाल थिए।
समारोहको अध्यक्षता ब्रिजवाटर एजुकेशन फाउण्डेशनका अध्यक्ष सिए दीपक पाण्डेले गरेका थिए । कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी, पत्रकार, शुभेच्छुक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै, उत्कृष्टताका लागि पुरस्कार एवं सम्मान समेत प्रदान गरिएको थियो। बाँकि तस्विरमा हेर्नुहोस्:




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्