×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनपीएलका विजेताले १ करोड १० लाख पुरस्कार पाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनपीएलका विजेताले १ करोड १० लाख पुरस्कार पाउने

Artha Sarokar

२ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेताले १ करोड १० लाख पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो ।

यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्  । उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ । क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् ।

जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । सहभागी टोलीमा चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी