काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वोत्कृष्ट खेलाडी बनेर दिपेन्द्र ऐरीले पाएको कारको कर शारडा ग्रुपले तिर्ने भएको छ । ओमोडा एण्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक कम्पनी शारडा ग्रुपले पुरस्कारबापत दिपेन्द्रले पाएको कारको कर तिरिदिने भएको हो ।
एनपीएलमा सर्वोत्कृष्ट खेलाडी बनेका दिपेन्द्रलाई शारडा ग्रुपले नै ओमोडा इफाइभ डिलक्स एसयुभी कार पुरस्कार दिएको थियो ।
दिपेन्द्रले पाएको कारको बजार मूल्य ६१ लाख ९९ हजार हो । पुरस्कारमा ६२ लाखको ओमोडा कार पाए पनि दिपेन्द्रले प्रचलित आयकर ऐनको दफा ८८ (क) अनुसार आकस्मिक लाभकरबापत सरकारलाई १५ लाख ५० हजार रुपैयाँ तिर्नुपर्थ्यो ।
तर, खेलाडीलाई थप भार नपरोस् भन्दै दिपेन्द्रले पुरस्कारबापत पाएको उक्त कारको कर कार दिने कम्पनी शारडा ग्रुपले नै तिरिदिने भएको छ । एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेर टिमका कप्तानसमेत रहेका ऐरी एनपीएलको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्