काठमाडौँ । एक महिनामा बैंक तथा वित्तीय संस्थाले ८ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् । बैंक तथा वित्तीय संस्थाका चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै सो नाफा गरेका हुन् ।
चालु आर्थिक वर्षको कार्तिक महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएका थिए । मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ३० अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरुले ३७ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएका छन् । यो बैंक तथा वित्तीय संस्थाहरुले कमाएको कुल नाफाको ९० प्रतिशत हो ।
यता सोही अवधिमा विकास बैंकहरुले २ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै, वित्त कम्पनीहरुले सोही अवधिमा ३४ करोड रुपैयाँ नाफा कमाएका छन् ।