×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास बैंकहरुको नाफा २९ प्रतिशतले बढ्यो, मुक्तिनाथको नाफा सबैभन्दा धेरै, ज्योतिको अवस्था खस्किँदो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विकास बैंकहरुको नाफा २९ प्रतिशतले बढ्यो, मुक्तिनाथको नाफा सबैभन्दा धेरै, ज्योतिको अवस्था खस्किँदो !

Artha Sarokar

२९ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विकास बैंकहरुको नाफा २९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा विकास बैंकहरुको नाफा २९ प्रतिशतले बढेको हो । यस अवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरुले साढे २ अर्ब बढी नाफा कमाएका छन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनामा विकास बैंकहरुले कुल २ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत आर्थिक वर्षको तुलनामा २८.९५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले २ अर्ब १६ करोड २३ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकबाहेक अन्य विकास बैंकको नाफा बढेको छ । यी दुई विकास बैंकको नाफा भने केही घटेको छ ।

समीक्षा अवधिमा ज्योति विकास बैंकको नाफा ६४.७८ प्रतिशतले घटेर ७ करोड ४ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकका नाफा १.९३ प्रतिशतले घटेर २१ करोड ९९ लाख कायम भएको छ । 

राष्ट्र बैंकको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा वृद्धिदरमा सबैभन्दा पहिलो सूचीमा कामना सेवा विकास बैंक रहेको छ । बैंकले यसअवधिमा गत आर्थिक वर्षको तुलनामा ६८.२६ प्रतिशत बढी अर्थात ३३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यता मुनाफा रकमका आधारमा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले पछिल्लो पाँच महिनामा ५८ करोड ७० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २८.१९ प्रतिशत बढी हो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी