×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हप्तैपिच्छे कारवाहीमा परेको भाटभटेनीको ‘ग्राहक झुक्याउने स्किम’, २२ करोडको लोभ देखाएर २ हजारको भौचर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हप्तैपिच्छे कारवाहीमा परेको भाटभटेनीको ‘ग्राहक झुक्याउने स्किम’, २२ करोडको लोभ देखाएर २ हजारको भौचर !

Artha Sarokar

४ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले २२ करोडको गिफ्ट भौचर उपहारको घोषणा गरेको छ । कुहिएको, बिग्रेको र महँगोमा सामान बेचेको भन्दै हप्तैपिच्छे कारवाहीमा पर्न थालेपछी भाटभटेनीले भाटभटेनी क्लब मेम्बर्सलाई २२ करोड गिफ्ट भौचर उपहारको घोषणा गरेको हो । 

यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभर फैलिएको २७ वटा भाटभटेनी स्टोर्समा जहाँबाट पनि २२ करोड बराबरको गिफ्ट खरिद गर्न सक्नेछन् ।

भाटभटेनीका अनुसार भाटभटेनी क्लबका सदस्यता पाउने मध्येका एक लाख नौ हजार ५ सय २९ ग्राहकहरुले यस्तो उपहार पाउनेछन् । 

झट्ट सुन्दा २२ करोड भन्ने लागे पनि उपहार पाउने रकम र ग्राहकको संख्या हिसाब गर्दा एक जनाको भागमा करिब २ हजार हाराहारी मूल्य बराबरको भौचर पर्नेछ । नियमित र अलि ठूलो रकमको सामान किन्नेलाई मात्र भौचर दिइने भएकाले २२ करोडको रकम देखाएर भाटभटेनीले ग्राहकलाई भ्रममा पारी थप बिजनेश गर्ने रणनीति लिएको स्पष्ट देखिएको छ । 

भाटभटेनीका अनुसार उक्त गिफ्ट भौचर बाँड्ने कार्य २०८१ माघ ६ गतेदेखि फागुन ९ गतेसम्म रहनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी