×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली महिला उद्यमीहरुद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाली महिला उद्यमीहरुद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता

Artha Sarokar

८ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधि मण्डलले थाइल्याण्ड स्थित थाई चेम्बर अफ कमर्शका प्रतिनिधहरूसँग बैंककमा व्यवसायिक भेटवार्ता गरेको छ ।

प्रतिनिधि मण्डलले थाई चेम्बर अफ कमर्सका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीहरुसँग द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल गरेका थिए ।

सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश लाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासि प्रबर्द्धन विकास समितिका सदस्य निराजन चलाउने लगायत सहभागी थिए ।

थाई चेम्बर अफ कमर्सको निमन्त्रणामा बैंकक पुगेको प्रतिनिधमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेका थिए  ।

यस्तै नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तरराष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरि नेपालमा लगानी गर्न पनि थाई व्यवसायीहरूलाई आग्रह गरेका थिए ।

नेपाली व्यवसायीहरुलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताए ।

सो अवसरमा थाइल्याण्ड स्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिशन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी