काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९.४५ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क १२.२६ प्रतिशत बढेको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशतले बढेको छ भने कम्पनीको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल खर्च १५.१० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा कम्पनीको इपिएस ९९ पैसा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ ।
हाल चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्