काठमाडौँ । वाणिज्य बेंकहरुको निक्षेप संकलन ६० खर्ब नाघेको छ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिना (फागुन २) गतेसम्म बैंकहरुको निक्षेप संकलन ६० खर्ब तीन अर्ब रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक महिना दुई दिनमा निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढेको छ ।
राष्ट्र बैंकका अनुसार फागुन १ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सात महिना दुई दिनमा बैंकहरुको निक्षेप संकलन दुई खर्ब ४७ अर्बले बढेको छ ।
निक्षेप संकलन बढे पनि यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने सुस्त छ । फागुन २ गतेसम्म बैंकहरुले कुल ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । लगानी सुस्त हुँदा पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलता दैनिकजसो प्रशोचन गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्