×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला, कहिलेसम्म दिन मिल्छ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला, कहिलेसम्म दिन मिल्छ आवेदन ?

Artha Sarokar

११ फाल्गुन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि फागुन ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन भने फागुन १५ गतेसम्म दिन मिल्ने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी