काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार नहुने बताएका छन् ।
अहिले देशको अर्थमन्त्री विदेशीको इसारामा चलिरहेको सांसद सुवालको आरोप छ । उनले जबसम्म यो प्रवृत्तिका अर्थमन्त्री रहन्छन् तबसम्म देशको अवस्था सुधार हुन नसक्ने बताएका छन् ।
नेपालले लिइरहेको विदेशी ऋण र अनुदानमाथि कटाक्ष गर्दै सांसद सुवालले देशको प्रतिक चिन्हमा ‘भिक्षा देउ’ भनेर राख्न मात्रै बाँकी रहेको बताएका छन् ।
उनले अहिले देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री चाहिएको पनि उल्लेख गरेका छन् । सुवालले सबै कामका लागि अन्य देशलाई गुहार्नु कदापि सही नहुने भन्दै यो प्रवृत्तिको अन्त्य नहुन्जेल देश नसुध्रिने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्