×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्प अपडेटः काठमाडौँमा भागदौड हुँदा दुई जना घाइते 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भूकम्प अपडेटः काठमाडौँमा भागदौड हुँदा दुई जना घाइते 

Artha Sarokar

१६ फाल्गुन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शुक्रबार बिहान भूकम्प गएर भागदौड हुँदा काठमाडौँमा दुई जना घाइते भएका छन् । मध्यराति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएपछि भागदौड हुँदा काठमाडौँको शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ र बानेश्वर बस्दै आएका २६ वर्षीय हरि गैरे घाइते भएका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका-१० स्थायी घर भएका थिलिङ भूकम्पको धक्कापछि भागदौडका क्रममा सडक पेटीमा ठोक्किएर लड्दा उनी घाइते भएका हुन् । थिलिङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, नवलपरासीको मध्यबिन्दु नगरपालिका-५ स्थायी घर भएका गैरे होस्टेलबाट बाहिर निस्किएर भाग्ने क्रममा घाइते भएका हुन् । हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प जाँदा भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो । भूकम्पको धक्का महसुस भएपछि मध्यरातमा नागरिकहरु बाहिर निस्किएका थिए । 

भूकम्पपछि सिन्धुपाल्चोकमा कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने आत्तिएर भाग्ने क्रममा एक कैदीको हात भाँचिएको छ । भूकम्पबाट अन्य ठूलो मानवीय र भौतिक क्षति भने भएको छैन । यद्यपि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी