×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाललाई श्रीलंका हुनबाट जोगाएका छौँ’- मन्त्री गुरुङ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘नेपाललाई श्रीलंका हुनबाट जोगाएका छौँ’- मन्त्री गुरुङ 

Artha Sarokar

३ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई श्रीलंका हुनबाट जोगाएको बताएका छन् । 

विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाललाई श्रीलंका हुनबाट जोगाएको बताएका हुन् । उनले यो काम सरकारले गरेको पहिलो काम भएको बताएका छन् ।

तर, अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार लागि परे पनि वाञ्छित सफलता भने हासिल गर्न नसकेको उनले स्वीकारेका छन् । यद्यपि देश असफल हुनबाट जोगिएको मन्त्री गुरुङको दाबी छ । 

हाल देश विकास र अर्थतन्त्र सुधारका लागि सरकारले काम गरिरहे पनि भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीजस्ता कारणले जनतामा निराशा छाएको मन्त्री गुरुङले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी