काठमाडौँ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार किर्तिमानी रेकर्ड बनाएको सुनको मूल्य बुधबार पुन ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यहि रफ्तारमा बढे सुनको मूल्य छिट्टै २ लाख पुग्ने पक्का देखिएको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २०४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ५० हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७५३.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।