काठमाडौँ । भाटभटेनीले सुरक्षा गार्डसहित ५० बढी कर्मचारीलाई सम्मान गर्ने भएको छ । चैत १५ गते (शुक्रबार) राजावादीको आन्दोलनका क्रममा भएको तोडफोड र लुटपाटबाट भाटभटेनी सुपरमार्केटलाई जोगाएको भन्दै सुरक्षा गार्डसहित ५० बढी कर्मचारीलाई सम्मान गर्ने भएको हो ।
एकाएक भाटभटेनीमा तोडफोड गर्दै लुटपाट मच्चाउनेहरुसँग प्रतिकार गरेका सुरक्षा गार्ड र तोडफोडपछि मर्मत र सरसफाइ लगायतका काम गरेका ५० बढी कर्मचारी सम्मानित हुने भएका छन् ।
ठूलो संख्यामा आएको हुलले लुटपाट गरिरहेका बेला सुरक्षा गार्डले देखाएको साहसलाई कदर गर्दै सम्मान गर्न लागिएको भाटभटेनीले जनाएको छ । त्यस्तै, लुटपाट र तोडफोडपछि रातभर खटिएर मर्मत र सरसफाइ गर्ने कर्मचारीलाई पनि सम्मान गर्न लागिएको भाटभटेनीले जनाएको छ ।
आन्दोलनमा क्रममा भएको लुटपाट र तोडफोडबाट कोटेश्वरको भाटभटेनीमा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्