
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो समय अनलाइन प्रयोग गर्ने सेयर लगानीकर्ताहरुको संख्या बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले दिएको जानकारी अनुसार हालसम्म ६४ हजार ६१६ जना सेयर लगानीकर्ताले अनलाइनको प्रयोग गरिरहेका छन् ।
नेपालमा सेयर बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता भएपनी संक्रिय लगानीकर्ताको संख्या भने २ लाख ८७ हजार ८५४ मात्रै छ । जसमा अनलाइन प्रयोग गर्ने लगानीकर्ताको संख्या ६४ हजार ६१६ छ । ५० वटा ब्रोकर कम्पनीमध्ये सबैभन्दा बढी नाशा सेक्युरिटीजबाट सेयर लगानीकर्ताहरुले अनलाइनको यूजर लिएका छन् । नेप्सेका अनुसार उक्त सेक्युरिटीजबाट ५ हजार २७६ जनाले अनलाइनको यूजर लिएका हुन् ।
यस्तै सनि सेक्यूरिटीजबाट ४ हजार ९ सय ८८ जनाले युजर लिएको पनि नेप्सेले जनाएको छ । दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट ४ हजार ८०५ जना लगानीकर्ताले अनलाइनको सेवा लिएका छन् । सबैभन्दा कम सगरमाथा सेक्युरिटिजबाट जम्मा १६८ जनाले अनलाइनको युजर लिएको नेप्से जनाएको छ । अहिले उपत्यकामा निषेधाज्ञामा जारी छ । सरकारले अत्यावश्यकबाहेकका कार्यालयलाई संचालनको अनुसार नदिएका कारण ब्रोकर कम्पनीहरु खुलेका छैनन् । तर सेयर बजार भने संचालनमै छ । सोही कारण पनि अनलाइन सेवा लिनेको संख्या बढेको नेप्सेको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्