काठमाडौँ । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा परेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो वर्ष (२०८२ साल) ८८ दिन सार्वजनिक बिदा हुने भएको हो ।
जसमध्ये यो वर्ष ५२ दिन शनिबार र ३६ दिन विभिन्न चाडपर्व र दिवसको बिदा रहेको सूचनामा उल्लेख छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार दशैँमा सात दिन र तिहारमा पाँच दिन बिदा गरी अन्य विभिन्न पर्वहरुमा कुल २८ दिन सार्वजनिक बिदा हुनेछ । त्यसबाहेक अन्तराष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तराष्ट्रिय महिला दिवस गरी ६ दिन सार्वजनिक बिदा हुनेछ ।
त्यस्तै, भूगोलका आधारमा मनाइने विशेष चाडपर्वका अवसरमा स्थानीय पालिकाहरुले बिदा दिन पाउनेछन् । त्यसबाहेक विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले दिन सक्नेछन् । ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्