×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाबाट १ करोड चोर्ने २२ वर्षीय बुढा पक्राउ, इसेवाकै कर्मचारीले डाटा बेचेको आशंका, इजी सर्भिसमाथि पनि अनुसन्धान हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इसेवाबाट १ करोड चोर्ने २२ वर्षीय बुढा पक्राउ, इसेवाकै कर्मचारीले डाटा बेचेको आशंका, इजी सर्भिसमाथि पनि अनुसन्धान हुँदै !

Artha Sarokar

३ बैशाख २०८२, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । इसेवाबाट १ करोड बढी रकम चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । ४ हजार व्यक्तिको इसेवाका खाता ह्याक गरेर १ करोड २ लाख रुपैयाँ चोरी गर्ने व्यक्ति पक्राउ परेका हुन् । 

इसेवा एकाउन्ट ह्याक गरेर रकम चोरी भएका उजुरीहरुका आधारमा अनुसन्धान गर्दै जाँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौँको अनामनगर बस्दै आएका २२ वर्षीय राहुल बुढालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार बुढालाई बैशाख २ गते काठमाडौँको कालिमाटीबाट पक्राउ गरिएको हो । उनीमाथि ४ हजार बढी इसेवा प्रयोगकर्ताको खाता ह्याक गरेर रकम चोरी गरेको आरोप छ । 

पछिल्ला केही दिनयता बुढाले विभिन्न व्यक्तिलाई एमएमएसमार्फत ‘एटि अलर्ट’, ‘द-अलर्ट’ मार्फत ‘फिसिङ लिंक’ सहितको सन्देश पठाएर प्रयोगकर्तालाई लिंकमा प्रवेश गर्न लगाउने र सोही लिंकमार्फत मोबाइल ह्याक गरेर रकम चोरी गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ । यसरी विभिन्न इसेवा प्रयोगकर्ताको खाताबाट चोरेको एक करोड २ लाख रुपैयाँ उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा ट्रान्सफर गरेको देखिएको प्रहरीले जनाएको छ । 

इसेवाकै कर्मचारीले डाटा बेचेको आशंका !  
इसेवाबाट १ करोड २ लाख चोरी गरेको आरोपमा बुढा पक्राउ परेपछि प्रहरीले उक्त घटनाको फरक कोणबाट पनि अनुसन्धान अघि बढाएको छ । 

यसो त बुढाले ‘अलर्ट’का नाममा जुनजुन नम्बरमा म्यासेज पठाएर रकम चोरी गरेका छन्, ती सबै नम्बरबाट इसेवा खाता खोलिएको र खातामा पर्याप्त रकम रहेको देखिन्छ । यसरी उनले इसेवा प्रयोगकर्ताकै नम्बर कसरी पाए ? वा जसजसको खातामा पैसा छ उनीहरुकै फोन नम्बर कसरी फेला पारे ? भन्ने प्रश्न अहिले प्रहरीका लागि टड्कारो बनेको छ । यसै पनि उनले इसेवाका ४ हजार प्रयोगकर्ताको खाता ह्याक गरेको पाइएको छ । यति धेरै इसेवा प्रयोगकर्ताको खाता ह्याक भएर रकम चोरी हुँदा पनि इसेवाले किन एक्सन लिएन ? भन्नेतर्फ पनि प्रहरीको अनुसन्धान सोझिएको छ ।

यहीबीच इसेवाकै कर्मचारी र ह्याकरको मिलेमतोमा डाटा लिक भएको चर्चा पनि बजारमा चलेको छ । यो चर्चामाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जनाएका छन् । ‘४ हजार प्रयोगकर्ताको खाताबाट १ करोड बढी रकम चोरी हुँदा इसेवाबाटै ग्राहकको फोन नम्बर र अन्य विवरण लिक भएको हो कि भन्ने शंका पनि छ ।’, ती प्रहरीले भने, ‘त्यसतर्फ पनि अनुसन्धान गर्दैछौँ । थप तथ्य अनुसन्धान पछि नै खुल्ला ।’ हाल पक्राउ परेका बुढालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

इजी सर्भिसमाथि पनि अनुसन्धान हुँदै ! 
अर्कोतर्फ यसरी नै ‘अलर्ट’का नाममा असम्बन्धित म्यासेजमार्फत असम्बन्धित लिंक पठाउने इजी सर्भिसमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाउने भएको छ । 

इजी सर्भिसले पनि नयाँ वर्षको शुभकामना पछि विभिन्न व्यक्तिलाई अलर्टका नाममा म्यासेजमार्फत शंकास्पद लिंक पठाएको थियो । त्यसरी पठाइएका लिंकमार्फत फोन ह्याक भएर मोबाइल वालेटबैंक खातामार्फत रकम चोरी भएको उजुरी परेपछि कम्पनीले पुनः म्यासेज पठाएर माफी मागेर कम्पनी उम्किन खोजेको थियो । प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी