काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १९६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६३ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६८०.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।