×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पानीको जारमा भेटियो किरा, महानगरले तिरायो २५ हजार जरिवाना 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पानीको जारमा भेटियो किरा, महानगरले तिरायो २५ हजार जरिवाना 

Artha Sarokar

४ बैशाख २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुरमा पानीको जारमा किरा भेटिएको छ । केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिले उत्पादन गरेको पानीको जारमा किरा भेटिएको हो । 

पानीको जारमा किरा भेटिएपछि केएम मिनरल वाटर एण्ड वेभरेज प्रालिलाई ललितपुर महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगर प्रहरीका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा ल्याइएको जारमा किरा भेटिएको थियो । पानीको जारमा किरा भेटिएको उजुरीपछि महानगर प्रहरीको टोली तत्काल निरीक्षणका लागि केन्द्रमा पुगेको थियो । 

निरीक्षणका क्रममा सिलप्याक जारमा किरा भेटिएपछि महानगरले कारवाहीस्वरुप कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको  महानगर प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी