काठमाडौँ । विभिन्न समूहको आन्दोलनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आइतबार काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन छ । अर्कोतर्फ पछिल्लो १९ दिनदेखि शिक्षकहरु काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । खासगरी यी दुई आन्दोलनका कारण आइतबार काठमाडौँमा ट्राफिक व्यवस्थापन झनै गिजोलिएको छ ।
आइतबार नयाँ बानेश्वर थापागाउँ क्षेत्रको सडकमा सवारी चाप ह्वात्तै बढेको छ । प्रदर्शनकारीले माइतीघर-नयाँ बानेश्वर सडक पूरै कब्जा गरेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण समयमा अफिस पुग्नुपर्नेहरु अफिस पुग्न सकेका छैनन् भने नियमित काम गर्नेहरु पनि मर्कामा परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः