काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् ।
‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी रहँदा कतिपय विद्यालय कर्मचारी विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर आएको छ ।’, परिषद्ले जारी गरेको परिपत्रमा भनिएको छ, ‘२४ घण्टाभित्र विद्यालयको चाबी लिएर अनिवार्यरूपमा काठमाडौंको आन्दोलनमा सहभागी हुन अनुरोध गरिन्छ ।’
विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरू २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन् । सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाई निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनकारी शिक्षक र विद्यालय कर्मचारी झन् आक्रोशित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्