काठमाडौँ । उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा राजावादीको प्रदर्शनमा पुगेका छन् । उनी बैशाख १५ गते (आज) राप्रपा नेपालद्वारा भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनमा पुगेका हुन् ।
तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।
क्यान्सरका बिरामीसमेत रहेका राणा स्वास्थ्य उपचारका लागि भन्दै बैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए । हाजिरी जमानीमा छुटेपछि उनी बैशाख १० गते उपचारका लागि भारत गएका थिए । तर, भारतबाट फर्किएका राणा राप्रपाको प्रदर्शनमा सहभागी हुन पुगेका छन् ।
राणासँगै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि पक्राउ गरेको थियो । उनी प्रहरी हिरासतमै छन् ।