काठमाडौँ । माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद महेन्द्र बहादुर शाहीले प्रधानमन्त्रीको राजिनामा मागेका हुन् ।
प्रधानमन्त्रीले गर्नुपर्ने थुप्रै कामहरु गर्न नसकेको भन्दै सांसद शाहीले राजिनामा दिएर मार्ग प्रसस्त गर्न माग गरेका छन् ।
उनले हाल शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडित सबै सडक आन्दोलन उत्रिएको र कर्मचारी पनि आन्दोलनमा उत्रिने तयारी गर्दा पनि सरकार रमिते भएको बताएका छन् । यति हुँदा पनि सरकारले कुनै निकास दिन नसकेको भन्दै सांसद शाहीले सरकारप्रति आक्रोश पोखेका छन् ।
त्यस्तै, उनले सरकारलाई तत्काल आन्दोलनमा उत्रिएका सबै पक्षको माग सम्बोधन गर्न नसके प्रधानमन्त्रीलाई राजिनामा दिन भनेका छन् ।