काठमाडौँ । पोर्चुगल सरकारले १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्न लागेको छ । आम चुनावका लागि पोर्चुगल सरकारले सो संख्यामा विदेशी नागरिकलाई देश निकाला गर्न लागेको हो ।
पोर्चुगलमा मे १८ मा हुने मध्यावधि चुनावका लागि विदेशी नागरिकलाई आफ्नो देश फिर्ता पठाउने पोर्चुगल सरकारले तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पोर्चुगलमा अनियमित तरिकाले बसोबास गर्दै आएका विदेशी नागरिकहरुलाई निर्वाचनका लागि आफ्नो देश फिर्ता पठाउने तयारी गरिएको छ । उनीहरुलाई देश छोड्न आदेश दिने तयारी पोर्चुगल सरकारले थालिसकेको बताइएको छ ।
पहिलो चरणमा ४ हजार ५ सय विदेशी नागरिकहरुलाई देश छोड्न आदेश दिइने पोर्चुगल सरकारले तयारी गरेको छ । उनीहरुलाई देश छोड्न २० दिनको समय दिइनेछ । त्यसपछिका चरणमा थप विदेशी नागरिकलाई देश छोड्न आदेश दिइनेछ । यसरी पोर्चुगलमा चुनावमा लागि भन्दै देश निकालमा पर्नेहरुमा थुप्रै नेपालीहरु पनि पर्ने बताइएको छ ।