काठमाडौँ । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि-बजेट छलफलका क्रममै अर्थमन्त्री निदाएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा भएको छलफलमा अर्थमन्त्री विष्णु पौडेल निदाएका हुन् ।
यसै पनि बजेट अधिवेशनमा संसदमा सांसदहरुको उपस्थिति साह्रै न्यून देखिएको छ । तर, संसदमा उपस्थित हुनेहरुले पनि छलफलप्रति खासै चासो देखाएको देखिँदैन ।
यहीबीच संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल निदाएका छन् । उनी आफैँले प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल चलिरहेकै बेला अर्थमन्त्री निदाएका थिए । उनी संसदमा छलफल चलिरहेका बेला निदाएको फोटो सञ्चारकर्मीले खिचिरहेको थाहा पाएपछि उनी जुरुक्क उठेर मुसुक्क हाँसेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः