Skip to content
LAXMI SUNRISE BANK

कोरोना महामारीमाथि ग्लोबल आइएमइको भद्दा ‘मजाक’, भीड जम्मा गरेर काउन्टर उद्घाटन, सापकोटालाई जेल हाल्न माग !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कुश्मा । देशभर सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना महामारीकै बेला भीड जम्मा गरेर कोरोना महामारीविरुद्ध भद्दा मजाक गर्दै भीड जम्मा गरेर पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 
कोरोनाको महामारीका बीच बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले लाजै पचाएर उद्घाटन गरेका छन् । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताएको छ । तर यो काउन्टर डिजिटल रुपमा पनि उद्घाटन गर्न सकिन्थ्य्यो । कोरोना महामारीका बेला कसैले पनि यसरी उद्घाटन गर्न नमानेपछि बैंकका पर्वत प्रमुखले आफैं कोरोनालाई च्यालेन्ज गर्दै मालपोत कार्यालयअन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंङ्किङ सेवा प्रदान गर्ने भन्दै उद्घाटनको फोटो खिचाएर लोक हँसाएका छन् भने ग्राहक तर्साएका छन् । 

सापकोटालाई कारवाहीको माग !
यता ग्लोबल आइएमइ बैंकको सो शाखा उद्घाटन गर्ने सापकोटालाई महामारीसमबन्धि प्रचलित ऐन अनुसार कारवाही गर्नुपर्ने माग चौतर्फी रुपमा उठेको छ। ‘यसरी कोरोनाका बेला शाखा भौतिक रुपमा उद्घाटन गर्नु नै गलत थियो । अझ भीड जम्मा भएको फोटो जताततै फैलाउनु झन् गलत थियो । अझ सबैभन्दा बढी कोरोना संक्रमित भएको बैंकले यस्तो गर्नु झन् गलत हो । शाखा उद्घाटन गरेर जनता तर्साउनेलाई जेल हालिनुपर्छ ।’ उनकै बैंकमा कार्यरत एक कर्मचारीले अहिले यो मेसेज विभिन्न व्यक्तिहरुलाई मागस्वरुप सर्कुलर गरिरहेका छन् । उनले बैंकले सीडीओको समेत लिखित निर्देशन नलिई मनपरी ढंगले जनतालाई तर्साउने काम गरेको भन्दै ग्लोबल आइएमइ बैंकले सजाय पाउनुपर्ने माग गरेका छन् ।

के भन्छन् कुश्माका शाखा प्रबन्धक र प्रमुख जिल्ला अधिकारी ?
यस विषयमा बुझ्न हामीले ग्लोबल आइएमइ बैंक, कुश्माका शाखाका शाखा प्रबन्धक प्रकाश शर्मालाई फोन गरेका थियौं । उनले आफुहरुले सीडीओबाटै उक्त काउन्टरको उद्घाटन गर्न खोजेको भएपनि सीडीओले जान नमानेपछि उनको मौखिक निर्देशनमा काउन्टर उद्घाटन गरिएको बताएका छन् । यद्यपी उनले  भौतिक दुरी कायम गरेर नै काउन्टर उद्घाटन गरेको भन्दै झुट बोलेका छन् । त्यहाँका कर्मचारीले गतिलोसँग मास्कसमेत नलगाएको र झन्डै टाँसीएर नै काउन्टरको उद्घाटन गरेको फोटो बैंकले नै विभिन्न संचारमाध्यमहरुलाई पठाएको छ ।    

यता पर्वतका सीडीओले भने आफुले  ४-५ जनाभन्दा बढी जम्मा नहुने निर्देशन दिएको दाबी गरेका छन् । उनले भौतिक दुरी कायम नगरी कार्यक्रम गरेको बारे आफुलाई थाहा नभएकोसमेत बताएका छन् । 


अपडेट :
अर्थ सरोकारको समाचार प्रकाशनपछि बैंकका कुश्मास्थित शाखा प्रबन्धक प्रकाश शर्माले, कार्यक्रम सकिएपछिको फोटो संचारमाध्यममा गएको झुटो दाबी गरेका छन् । ‘कार्यक्रम सकिएपछि खिचेको फोटो बैंकले पठाएको रहेछ । हामीले भौतिक दुरी कायम गरेका थियौं ।’ उनले भने । तर तस्विरमा उद्घाटन गर्दै गरेको फोटो राखिएको छ । ‘कार्यक्रम सकिएपछि उद्घाटनको फोटो कसैले खिच्छ ?’ भन्ने हाम्रो प्रश्नपछि उनले गैरजिम्मेवार तरिकाले प्रस्तुत हुँदै भने, ‘कोरोना नसर्ने काम गर्ने ठेक्काचाहिं तपाईंले लिएको हो र ?’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK