×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहिले बन्ला बीपी राजमार्ग ?, जोखिमपूर्ण यात्रा गर्दै यात्रु (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कहिले बन्ला बीपी राजमार्ग ?, जोखिमपूर्ण यात्रा गर्दै यात्रु (तस्विरहरू)

Artha Sarokar

९ जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन । अहिले पनि पानी पर्नेबित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रि-मनसुनकै समयमा यात्रुहरु ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रुपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रुपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ ।

असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्म पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ ।

बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बिग्रेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ ।

पूर्ण रुपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी