काठमाडौँ । सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेको बुझिएको छ । आगामी बजेटमार्फत सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर १० प्रतिशत पुर्याउने तयारी गरेको बुझिएको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार आम्दानी बढाउन दबाब परेका कारण सरकारले पूँजीगत लाभकर बढाउने तयारी गरेको हो । अल्पकालीन र दिर्घकालीन सबै लगानीकर्ताका लागि एउटै दर कायम राख्ने तयारी गरिएको बुझिएको छ ।
हाल एक वर्षभन्दा बढी होल्ड गर्ने लगानीकर्ताले ५ प्रतिशत र त्यसभन्दा कम होल्ड गर्नेले नाफामा साढे ७ प्रतिशत कर तिर्दै आएका छन् । यता, सेयर लगानीकर्ताले भने अहिले सेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर नबढाई हालकै दरलाई अन्तिम भनेर व्याख्या गर्नुपर्ने माग राख्दै आएका छन् ।