Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बेँसीशहर शाखा सिल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । लमजुङ बेँसीशहर नगरपालिका– ७ मा रहेको ग्लोबल आइएमई बैंक बेँसीशहर शाखाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो। 
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। संक्रमितलाई आइसोलेसनमा पठाईएको छ। साथै, सहकर्मी कर्मचारीहरुलाई क्वारेन्टाइनमा पठाईएको छ। 
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले ग्लोबल आइएमई बैंकको बेँसीशहर शाखा सिल गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK