Skip to content
LAXMI SUNRISE BANK

यातायात बन्द हुँदा सर्वसाधारण मर्कामा, चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’ सम्बन्धी ऐनको विरोध गर्दै देशभर यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ । निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ ।

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरुले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरुले बताएका छन् । उनीहरुले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएको पाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK