×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बस्नै नबसी स्थगित भयो संसद् बैठक, प्रतिपक्षीको एउटै अडान- ‘गृहमन्त्रीले राजिनामा दिनैपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बस्नै नबसी स्थगित भयो संसद् बैठक, प्रतिपक्षीको एउटै अडान- ‘गृहमन्त्रीले राजिनामा दिनैपर्छ’

Artha Sarokar

२१ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आज पनि बस्नै नबसी स्थगित भएको छ । बैठकमा विपक्षी दलहरुले आफ्नो अडान कायम राख्दै अवरोध गरेपछि बुधबार बस्ने भनिएको बैठक बस्नै नबसी स्थगित भएको हो ।

यसो त बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक विपक्षी दलसँग सहमति हुन नसकेपछि दिउँसो सवा तीन बजेका लागि सारिएको थियो । तर, सहमति जुट्न नसकेपछि बैठक नै स्थगित गरिएको छ ।

बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । विपक्षी दलको अवरोधकै कारण मंगलबार बस्ने भनिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । बुधबार पनि बैठक बस्दै नबसी स्थगित भएको छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा मागेका छन् । उनीहरुले गृहमन्त्रीले राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त नगरेसम्म र गृहमन्त्रीमाथि छानबिन गर्ने ‘कमिट्मेन्ट’ सरकारले नगरेसम्म संसद् चल्न नदिने अडान लिएका छन् । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईसहितका कर्मचारीमाथि अनुसन्धान थालेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी