काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम तीन दिन बन्द हुने भएको छ । लाइसेन्स छाप्ने ‘प्रिन्टर’ बनाउनुपर्ने भएपछि लाइसेन्स छाप्ने काम तीन दिन बन्द हुने भएको हो ।
लाइसेन्स छाप्ने काम जेठ २७ गतेदेखि जेठ २९ गतेसम्म बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार उक्त तीन दिनमा स्मार्ट कार्ड प्रिन्टर मर्मत गरिनेछ । त्यस्तै उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति जेठ २५ गतेभन्दा अगाडि नै निवेदन बुझाएर एप्रुभ भएको समेत यकिन गर्न विभागले आग्रह गरेको छ ।