काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले बठ्याइँ गरेर बजेट ल्याएको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सांसद समेत रहेका पुनले यस्तो बताउका हुन् ।
उनले तीन करोड तलका आयोजनामा बजेट नराखिएको दाबी सरकारले गरे पनि त्यसमा बठ्याइँ गरिएको बताएका छन् ।
‘मन्त्रालयगत विनियोजन आएको छ, मैले हेरिरहेको छु । एउटै शीर्षकमा तीन चारवटा प्रोजेक्ट राखेको छ । हेर्दा तीन करोड देखिन्छ, आयोजना चारओटा छ । त्यो कसरी कार्यान्वयन हुन्छ ?’, उनले भने, ‘ यहाँ चलाखी गरेको देखिन्छ ।’
त्यस्तै, उनले शहरी विकास मन्त्रीसँग आफूहरुले कुराकानी गर्दा २५ लाखसम्मका आयोजना परेको स्वीकारेको समेत बताएका छन् । उनका अनुसार पछिबाट बजेटमा हेर्दा १ लाख, डेढ लाखका समेत आयोजना भेटिएका छन् । प्रदेश, स्थानीय तहमा यस्तो खालको रोग सल्कन नहुने पूर्वअर्थमन्त्री पुनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्