×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अपराधीसँग सरकारको साँठगाँठ छ’- रास्वपा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘अपराधीसँग सरकारको साँठगाँठ छ’- रास्वपा

Artha Sarokar

९ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलोमतोमा चलिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाएका हुन् ।

उनले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै प्रश्न समेत गरेका छन् । मानव तस्करी केवल कानूनी अपराध मात्र नभई मानवताको गम्भीर अपमानसमेत भएको टिप्पणी गर्दै छानविन समिति गठन गर्न माग सांसद नेपालीले माग गरेका छन् ।

‘सभामुख महोदय के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरु फेरिन्छन्, मन्त्रीहरु फेरिन्छन् तर मानव तस्करहरु सधैं उन्मुक्त किन हुन्छन् ? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ । भिजिट भिसाको नाममा मानव तस्कर गर्नु अपराध मात्र होइन यो मानवताको घोर अपमान हो । यो र्याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ ।’, उनले भने, ‘यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ सभामुख महोदय । यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले विगत गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी