काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।
नतिजा प्रशासनको तयारी गरिरहेको बोर्डले नतिजा प्रकाशनको मिति भने टुंग्याएको छैन । त्यसैका लागि बोर्डले आज (शुक्रबार) बोर्ड बैठक बस्ने तयारी गरेको छ ।
सम्भवतः आज बस्ने बोर्ड बैठकले एसइईको नतिजा प्रकाशनको मिति टुंगो लगाउने बोर्डका एक अधिकारीले बताएका छन् । तर, बैठक कतिबेला बस्ने भन्ने समय समेत निर्धारण नभएको ती अधिकारीले बताएका छन् ।
२०८१ को एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।