×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विदेशी ऋण पूँजी निर्माणमा खर्च गरिनेछ’- अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘विदेशी ऋण पूँजी निर्माणमा खर्च गरिनेछ’- अर्थमन्त्री

Artha Sarokar

१५ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । उनले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताए ।

अर्थमन्त्री पौडेलका अनुसार बाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ । ‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन ।’, उनले भने, ‘पुँजीगत खर्चका लागि लिनुपर्छ । उत्पादन उत्पादकत्व बढाउन ऋण लिनुपर्छ ।’ 

त्यस्तै, अर्थमन्त्री पौडेलले चालु र आगामी आर्थिक वर्षको राष्ट्र ऋणको तुलना गर्दा राजश्वले व्यहोर्ने दायित्व बढाएर प्रस्ताव गरिएको छ । यसको अर्थ ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै भएको अर्थमन्त्रीले बताएका छन् ।

ऋण लिएर तिर्ने अवस्था अहिले पनि रही रहेको पौडेलको भनाई छ । विगतको दायित्व धेरै भएकाले अहिले संयमित तवरले नै ऋण लिइएको उनले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी