काठमाडौँ । वारेन बफेट विश्वकै सबैभन्दा धेरै सम्पत्ति दान गर्ने व्यक्ति बनेका छन् । बफेटले आफ्नो कम्पनी बर्कशायर हाथवेको करिब ६ अर्ब डलर बराबरको रकम दान गरेसँगै उनी सबैभन्दा धेरै निजी सम्पत्ति दान गर्ने व्यक्ति बनेका हुन् ।
बर्कशायरको ६ अर्ब डलर दान गर्ने घोषणासँगै बफेटले संस्थागत रुपमा दिएको दान रकम करिब ६० अर्ब डलर पुगेको छ ।
विश्वकै १३औँ धनी व्यक्ति बनिसकेका बफेटले व्यक्तिगत रुपमा दिएको दानको भने हिसाब नरहेको बफेट फाउन्डेसनले जनाएको छ । यसअघि सबैभन्दा धेरै दान गर्नेमा बिल गेट्स अगाडि थिए । हाल बिल गेट्सलाई समेत पछि पार्दै बफेट सबैभन्दा धेरै दान गर्ने व्यक्ति बनेका छन् ।
बिग गेट्सले हालसम्म ५५ अर्ब डलर दान गरेका छन् । त्यस्तै, सबैभन्दा धेरै दान गर्ने व्यक्तिको तेस्रो स्थानमा रहेका जर्ज सोरसले भने हालसम्म २३ अर्ब डलर दान गरेका छन् ।