काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सर्भर डाउन भएको छ । सोमबार बिहानैदेखि त्रिविको सर्भर डाउन भएको हो ।
बिहानैदेखि समस्या देखिएपछि अहिले त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइटहरु खुलेका छैनन् । वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने कामहरु प्रभावित भएका छन् ।
सर्भर नै डाउन भएपछि खासगरी त्रिविले २१ जेठमा ५ सय प्राध्यापक र उपप्राध्यापक पदहरुमा खुलाएको विज्ञापनमा आवेदन दिन नपाइएको गुनासो बढेको छ ।
यता त्रिविले भने साइटमा आइतबार रातिदेखि नै प्राविधिक समस्या आएको र मर्मतको काम भइरहेको बताएको छ ।