×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक बन्द छैन, तर छैनन् ग्राहक पनि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंक बन्द छैन, तर छैनन् ग्राहक पनि !

Artha Sarokar

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । निषेधाज्ञाका अवधिमा पनि बैंकिङ सेवा बन्द नहुने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा बुधबार रातीबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएता पनि बैंकिङ सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखिएकाले उक्त सेवा बन्द नहुने भएको हो ।

यता नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पनि बैंकिङ सेवा बन्द नहुने बताए । यधपि निषेधाज्ञाका कारण सेवाग्राही भने बैंकसम्म पुग्न सकेका छैनन् । त्यसकारण बैंकका शाखा खुल्नुको पनि कुनै अर्थ छैन ।

यसो त सुरक्षाकर्मीहरुले आज बिहानै बैंकका कर्मचारीहरुलाई सडकमा रोकेका थिए । जसमा केहि बैंकका सीईओसमेत परेका थिए । सुरक्षाकर्मीहरुले रोकेपछि बैंकर्स संघ र प्रशासनबीच कुरा मिलेपछि सबै बैंकका पूर्वनिर्धारित शाखाहरु खुल्ने भएका हुन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी