Skip to content
LAXMI SUNRISE BANK

निषेधाज्ञाको अवधिमा सेयर बजार के हुन्छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । निषेधाज्ञा अवधिमा पनि सेयर बजार भने खुला हुने भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले एक हप्तासम्मका लागि निषेधाज्ञा गर्ने भएको छ ।
निषेधाज्ञाको अवधिमा पनि सेयर बजार सुचारु हुने नेप्से प्रमुख चन्द्रसिंह साउदले बताए । काठमाडौं उपत्यकामा आज (बुधबार) राती १२ बजेदेखि निषेधाज्ञाको लागु हुनेछ । 
अहिलेसम्म अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ४७ हजार नाघेको छ । नेप्सेको तथ्यांक अनुसार दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६३३ जना रहेको छ । यस्तै १७ लाख ७६ हजार ३३७ जनाको हितग्राही खाता अर्तात्  डिम्याट अकाउन्ट रहेको सीडीएले जनाएको छ ।निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा सञ्चालन हुने छैनन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK