काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा शुल्क भुक्तानीमा क्यासब्याक अफर ल्याएको छ । कम्पनीको बीमा शुल्क भुक्तानी ई-सेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको हो ।
कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । यो अफर असोज १ देखि मंसिर २९, २०८२ सम्म लागू हुने छ ।
उक्त योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ।