काठमाडौँ । सरकारले युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम दिने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले तालिम सञ्चालन गर्ने भएको हो ।
तालिम आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा सञ्चालन गरिनेछ ।
तालिममा च्याटजिपीटी, क्लाउड लगायतका प्रमुख एआई टुलहरुको प्रभावकारी प्रयोग, स्पष्ट र उपयोगी प्रम्प्ट लेखन, एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय तथा आकर्षक प्रेजेन्टेसन तयार गर्ने सीप सिकाइनेछ ।
त्यस्तै, तस्वीर तथा छोटा भिडियो निर्माण गर्न पनि सिकाइने बताइएको छ । तालिम कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ । तालिममा कुल २००० जना युवाहरु सहभागी गराइने प्रतिष्ठानले जनाएको छ ।
दैनिक दुई सत्रका दरले बिहान १० बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने तालिममा सहभागी हुन चाहनेहरुले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्