काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफू सेयर लगानीकर्ताको पक्षमा भएको बताएका छन् । आइतबार धितोपत्र बोर्ड पुगेका सेयर लगानीकर्तासँगको वार्ताका क्रममा उनले आफू सेयर लगानीकर्ताको पक्षमा भएको बताएका हुन् ।
वार्ताका क्रममा उनले आफू सुरुवातदेखि नै सेयर लगानीकर्ताको पक्षमा रहेको दाबी गर्दै अहिले पनि सेयर लगानीकर्ताकै पक्षमा रहेको बताएका छन् ।
आफूले सँधै लगानीकर्ताको हित चाहेको भन्दै बोर्ड अध्यक्ष श्रेष्ठले सेयर लगानीकर्ताको हितका लागि काम गरिरहेको पनि बताएका छन् । उनले बोर्डले सँधै बजारको सुधार चाहेको र सोही अनुसार काम गरिरहेको पनि बताएका छन् ।
तर, केही नीतिगत काममा ढिलाई भएको भए पनि आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रयास भइरहेको उनले बताएका छन् । उनले अहिले पनि लगानीकर्ताका मागहरु सम्बोधन गर्ने कुरामा आफू सकारात्मक रहेको बताएका छन् ।