×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकले काठमाडौंमा तीन शाखा मात्रै खोल्न पाउने, अरुले कति ?

PRIME CA

वाणिज्य बैंकले काठमाडौंमा तीन शाखा मात्रै खोल्न पाउने, अरुले कति ?

अर्थ सरोकार

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अबदेखि वाणिज्य बैंकले काठमाडौंमा तीन शाखा मात्रै खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सीमित शाखा मात्र खोलि आलोपालो सञ्चालन गर्न निर्देशन दिएको हो ।
जस अनुसार काठमाडौँ वाणिज्य बैंकले काठमाडौंमा तीन, विकास बैंकले दुई र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनुपर्नेछ  । यस्तै ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक/एक शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । 
अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना बैंकले वेभसाइटमा दैनिक सार्वजनिक गर्नुपर्नेछ ।
यस्तै उत्यकामा जारी निषेधाज्ञालाई पन्मी लम्ब्याउने निर्णय भएको छ । यस अवधिमा बैंकका सेवा दिन तोकिएका शाखा बाहेकका कर्मचारीले बाहिर हिडडुल गर्दा कारवाही गरिने भएको छ ।  यसअघि बैंकहरुले सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका थिए  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: