×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यक्षको राजिनामा माग्दै बोर्ड पुगे सेयर लगानीकर्ता, भने- ‘सुधारबिना बजार चलायमान हुँदैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अध्यक्षको राजिनामा माग्दै बोर्ड पुगे सेयर लगानीकर्ता, भने- ‘सुधारबिना बजार चलायमान हुँदैन’

Artha Sarokar

२१ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् ।
‘हिँड काठमाडौँ’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।

सेयर बजारमा देखिएको विकृति र सुधारको विषय उठाउँदै आएका लगानीकताहरुले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेको लगानीकर्ताहरुले बताएका छन् । 

दबाब कार्यक्रममा पुगेका लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भए पनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाएका छन् । ‘सेयर बजारलाई शुद्धिकरण वा सुधार नगरी बजार चलायमान बनाउन सकिँदैन ।’, उनले भने, ‘लगानीकर्ताहरुको हक हितका बारेमा सरकार र धितोपत्र बोर्डले सोच्नु पर्दैन ? बोर्ड के का लागि स्थापना भएको हो लगानीकर्ताहरुको लागि नै होइन ? लगानीकर्ताको लागि काम नगर्ने हो भने धितोपत्र बोर्ड किन चाहियो ?’

त्यस्तै, उनले अन्तरिम सरकारले लगानीकर्ताहरुका पक्षमा काम गर्छ भन्ने आश गरेको पनि बताएका छन् । ‘अहिलेको सरकारले काम गर्छ भन्ने आशा गरेका छौँ । अहिलेको सरकारले पनि काम गरेन भने पहिला र हालको सरकारमा केही फरक छैन ।’, उनले भने, ‘काम गर्न सक्ने खालको अध्यक्ष हामीलाई चाहिएको छ । अहिलेको अध्यक्षले काम गरेको भए मागसहित आन्दोलनमा आउनुपर्ने हुँदैनथ्यो ।’

यता अभियानका अगुवा वा लगानीकर्ता आदित्य शिवाकोटीले १८ बुँदे माग राखेर अघि बढेकाले आन्दोलनमार्फत नै बोर्डलाई जिम्मेवार बनाउने बताए । धितोपत्र बोर्ड भ्रष्टाचार लिप्त भएको भन्दै यसलाई भ्रष्टाचारमुक्त बनाउनको लागि अभियान चालेको पनि उनको भनाई छ । उनीहरुले बोर्ड सुधार र लगानीकर्ताको हितका लागि १८ बुँदे माग पनि तयार गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी